अनुष्काद्धारा आफ्नो ड्रईभरलाई १२ लाखको गाडी उपहार !

चलचित्र बाहुबलीमा देवसेना को भुमिका निर्वाह गर्ने अभिनेत्री अनुष्का सेट्टी भोलीबाट ३६ वर्ष पुरा भएर ३७ वर्षमा लाग्न थालेकी छिन् । १९८१ नेभेम्बर ७ तारीखमा कर्नाटकमा जन्मीएकी अनुष्काको वास्तबीक नाम स्विटि हो । भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार उनको नाम मात्रै स्विट नभएर मन पनि स्विट भएको उल्लेख गरीएको बताईएको छ ।
संचार माध्यमहरुले बताए अनुसार अनुष्का अहिले १४० करोड सम्पतीको मालीक्नी हुन् । उनि निकै सुबिधा सम्पन्न कारको सौखीन पनि हुन् । उनि सँग अहिले बिएम डब्लु ६, आर्डी ए ६, आर्डी क्यु ५ र टोएटा कोरोला जस्ता सुबिधा सम्पन्न गाडीहरु छन् । यसै क्रममा अनुष्काले आफ्नो सवारी चालकलाई पनि १२ लाख भारतीय पर्ने गाडी उपहार दिएकी छिन् । उनले अहिले एउटा चलचित्र खेले वाफत  ५ करोड पारीश्रीम लिने गरेकी छिन् ।

Powered by Blogger.