बैवाहिक बन्धनमा बाँधीदै नरगीस र उदय चोपडा !

बलिउडका बरिष्ठ फिल्मकार विदंगत यस चोपडाको कान्छा छोरा उदय चोपडाको बिवाह हुने भएको छ । भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार उनले आफ्नो बेहुली भेटी सकेका छन् । अब अभिनेत्री रानी मुर्खजीले पनि घरमा देउरानी भित्राउने भएकी छिन् । उदय रानीका देवर हुन् । जसरी उदयका दाईले फिल्म क्षेत्रकै अभिनेत्री रानी मुर्खजी सँग बिवाह गरे त्यसरी नै भाई उदयले पनि फिल्म क्षेत्रमा निकै बोल्ड अभिनेत्रीको छवि बनाएकी नरगीस फाखरी सँग बिवाह गर्ने भएका छन् । समाचारले जनाए अनुसार उदय र नरगीस लामो समय देखी प्रेम सम्बन्धमा थिए । उदयकी आमा पामेलाको स्विकृत नभएकाले यि दुईको बिवाह हुन सकेको थिएन् । अहिले पामेलाको स्विकृती पाएपछि नरगीस आफ्नो फ्ल्याट छोडेर चोपडा निवासमा सरीसकेकी छिन् । अब यि दुई चाँडै नै बैवाहीक बन्धनमा बाँधीने समाचार भारतीय संचार माध्यहरुले प्रकाशीत गरेका छन् ।

Powered by Blogger.