खरानी भयो नार्गाजुनको सुटिङ्ग स्टुडीयो !

दक्षीण भारतीय अभिनेता नार्गजुनको हैदराबादमा रहेको अन्नपुर्ण फिल्म सुटिङ्ग स्टुडीयोमा आगलागी भएको छ । भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार उक्त स्टुडीयोमा अहिले २ ओटा तेलुगु फिल्मको सुटिङ्ग सेट बनाईएको थियो । यो आगजनीले दुबै फिल्मको सेट जलेर खरानी भएको छ । समाचारमा अगाडी भनीएको छ, अहिले सम्म आगो लाग्नुको कारण भने पत्ता लागेको छैन, तर जब आगो लागेको थाहा भयो तुरुन्तै ४ ओटा फाएर ब्रिगेट गएर आगो निभाउन सफल भएका छन् ।
नागार्जुनको यस स्टुडीयोमा फिल्मको अलावा टेलीभिजन कार्यक्रम र रियालीटी शो को पनि सुटिङ्ग हुने गर्दथ्यो । तर आगलागीको समयमा भने केहीपनि सुटिङ्ग भएको थिएन, जसको कारणले गर्दा कुनैपनि मानवीय क्षति भएको छैन् ।



Powered by Blogger.