ईभेन्ट कोरीयोग्राफीमा चम्किदै चाँदनी !

२००९ बाट ब्यावसायीक कोरीयोग्राफी सुरु गरेकी चाँदनी लामीछानेको ब्यास्तता पछिल्लो समयमा बढ्दो छ । २००७ बाट मोडलीङ्ग क्षेत्रमा प्रवेश गरेकी लामीछानेले अहिले फेसन शो,सौन्र्दय प्रतियोगीता जस्ता कार्यक्रमहरुको कोरीयोग्राफी गरीरहेकी छिन् । सुरुमा उनले ब्यावसायीक मोडलीङ्गको प्रशिक्षण लिएर  र्याम्प शो हरुमा आफुलाई ब्यास्त राखेको बताउँछिन् । त्यासो त उनि बिभिन्न किसिमका ईभेन्टहरुको कोरीयोग्राफी सँगै अभिनयमा पनि सक्रिय छिन् । उनले हाल सम्म दर्जन भन्दा धेरै म्युजीक भिडियो र कान्तीपुर टेलीभिजनबाट प्रशारण भएको कलेज नामक टेलीसिरियलमा पनि अभिनय गरेकी छिन् । यस्ता केही सानो र ठुलो पर्दाका चलचित्रहरुमा अभिनय पनि गरीरहेकी लामिछाने २००९ को मिस राजधानी को बिजेता पनि हुन् । २००९ मै सम्पन्न भएको मिस एण्ड मिष्टर राजधानी नामक ईभेन्टमा उनले पहिलो पटक कोरीयोग्राफी गरेकी थिईन् ।
त्यसपछि उनले लगातार रुपमा ‘मिष्टर नेपाल’, ‘रन वे मोडल’ ,‘मिष्टर एण्ड मिस राजधानी’, ‘ नेपाल फेसन आइकन’लगायत थुप्रै प्रतियोगीतामा सफल कोरीयोग्राफी गरीसकेकी छिन् । त्यसो त उनि पुरुषहरुको सौदर्य प्रतियोगीता समेत सम्हाल्ने एकमात्र नेपाली महिला कोरियोग्राफर पनि हुन् । लामीछाने यसै क्रममा बिभिन्न अन्तराष्ट्रिय कार्यक्रमसँग पनि आवद्ध पनि भएकी छिन् । सार्क कल्चर एसोसियसनले केही पहिले आयोजना गरेको अन्तराष्ट्रिय कल्चरल अवार्डमा समेत पुरस्कार जित्न सफल उनी नेपाल राष्ट्रिय मोडलिङसंघबाट समेत बेलाबेलामा बिभिन्न सम्मानित हुन सफल भएकी छिन् । 
Powered by Blogger.