दक्षीण भारतबाट कपि गरेका चलचित्र बलिउडमा कति सफल र कति असफल भए !

पछिल्लो समय बलिउडमा दक्षीण भारतीय चलचित्रको रिमेक गर्ने प्रचलन बड्दो देखीएको छ । सुरुवाती समयमा त्यस्ता रिमेक गरेका केही चलचित्रहरुले बलिउडमा राम्रो ब्यापार गरेपछि यसरी रिमेक गर्ने लहर नै चलेको हो । आज हामी यसरी रिमेक गरेर निर्माण गरेका कुन कुन चलचित्र छन् र कुन कुन सफल भए अनि कुन कुन असफल भए यस विषयमा केही चर्चा गर्न गैरहेका छौं । जनवरी २०११ म रिलिज भएको दक्षीण भारतीय चलचित्र काबलान को रिमेक गरेर बलिउडमा सलमान खान र करीना कपुरलाई लिएर चलचित्र बडिगार्ड निर्माण गरीयो । बडिगार्ड पनि २०११ को अगस्टमा रिलिज गरीयो । जुन चलचित्रले राम्रै सफलता हात पार्न सक्यो । २००६ मा दक्षीण भारतमा निर्माण भएर रिलिज भएको चलचित्र हो बिक्रमाकुर्दु । यो चलचित्रलाई २०१२ मा राउडी राठोर नाम राखेर अक्षय कुमार र सोनाक्षी सिन्हालाई लिएर निर्माण गरीयो । यसले पनि बलिउडमा राम्रै सफलता हात पार्यो । २००१ मा दक्षीण भारतमा निर्माण भएर प्रर्दशन भएको चलचित्र ईटलु श्रावणी सुब्रमण्यम । यो चलचित्रको रिमेक गरेर बलिउडमा २०१०मा अन्जाना अन्जानी निर्माण गरीयो । प्रियंका चोपडा र रणवीर कपुरले मुख्य भुमीकामा अभिनय गरेको यो चलचित्रले भने बलिउडमा राम्रै ब्यापार गर्न असफल भयको थियो । २००९ मा रिलिज भएको बलिउडको सुपरहिट कमेडी चलचित्र दे दना दन पनि दक्षीण भारतमा २००४ मा रिलिज भएको वेत्तम को रिमेक चलचित्र हो । यसले पनि बलिउडमा राम्रै ब्यापार गरेको थियो । १९९५ मा दक्षीण भारतमा निर्माण भएर प्रर्दशन भएको चलचित्र सती लिलावती को रिमेक चलचित्र हो वीवी नम्बर वान । १९९९ मा रिलिज भएको यो चलचित्रले बलिउडमा राम्रै ब्यापार गरेको थियो । २००८ मा दक्षीण भारतमा प्रर्दशन भएको चलचित्र कथानायककुदु को पनि रिमेक गरेर बलिउडमा बिल्लु निर्माण गरीयो । यो चलचित्रले बलिउडमा राम्रो ब्यापार गर्न सकेन । २००५ मा निर्माण र रिलिज भएको दक्षीण भारतको चलचित्र गजनी को रिमेक गरेर २००८ मा अमीर खानलाई लिएर बलिउडमा पनि गजनी नै नाम राखेर निर्माण गरीयो । जुन चलचित्रले बलिउडमा निकै राम्रो ब्यापार गर्न सफल भएको थियो ।
अब्बै शण्डमुघी दक्षीण भारतमा १९९६ मा प्रर्दशन भएको यस चलचित्रलाई पनि बलिउडले १९९७ मै चाची ४२० निर्माण गरीयो । यो चलचित्र ब्यावसायीक रुपमा निकै सफल भएको थियो । २००८ जुन मा दक्षीण भारतमा रिलिज भएको चलचित्र रेडी लाई पनि २०११ मा रेडी नै नाम राखेर निर्माण र प्रर्दशन गरीयो । सलमान खानले मुख्य भुमीकामा अभिनय गरेको यो चलचित्र ब्यावसायीक रुपमा निकै सफल भएको थियो । २००३ अगस्तमा दक्षीण भारतमा रिलिज भएको चलचित्र हो काका काका यसको पनि रिमेक गरेर २०११ मा फोर्स निर्माण गरीयो । फोर्स भने असफल चलचित्र बन्यो । सेक्टेम्बर मा दक्षीण भारतमा रिलिज भएको चलचित्र शुभ लग्नम को रिमेक गरेर जुदाई निर्माण गर्यो । जुदाई १९९७ मा रिलिज भएको थियो अनिल कपुरले मुख्य भुमीकामा अभिनय गरेको यो चलचित्र बलिउडमा सफल चलचित्रको दर्जामा पर्दछ । १९९९ को चलचित्र मुधालवन को रिमेक गरेर बलिउडमा नायक चलचित्र निर्माण गरीयो । बलिउडमा निकै सफल भएको यो चलचित्रमा अनील कपुरले मुख्य भुमीकामा अभिनय गरेका छन् । नायक २००१ म रिलिज भएको थियो ।

Powered by Blogger.