ह्याप्पी न्यु ईयर, अंग्रेजी नयाँ वर्षमै रिलिज हुने !

अंग्रेजीबाटै नामाकरण गरीएको चलचित्र ह्याप्पी न्यु ईयर को रिलिज मिति तय भएको छ । अब यो चलचित्रको रिलिज पनि अंग्रेजी नयाँ वर्षकै छेउछाउ मै हुने छ । नेपाली मिति अनुसार यसै वर्ष को पुष १४ गते अर्थात डिसेम्बर २९ मा । सम्पुर्ण छायांकन अष्ट्रेलीयामा गरीएको यस चलचित्रको निर्देशन देब कुमार श्रेष्ठले गरेका छन् । नयाँ वर्ष मनाउने क्रममा घट्ने घटनालाई मुख्य विषय बनाएर निर्माण गरीएको यस चलचित्रले आज रिलिज मिति तय गर्दै टिजर सार्वजनीक गरेको छ । आर के एम प्रोडक्सनको ब्यानरमा रति थापाले निर्माण गरेको यस चलचित्रमा कुसल थापा,पुकार गौतम,संध्या केसी,ईश्वर थापा,पदम शाक्य लगायत कलाकारले अभिनय गरेका छन् ।

Powered by Blogger.