यस कारण सँगै काम गर्न चाहाँदैनन्, अभिषेक र ऐश्वर्या !

बलिउडको चर्चीत जोडी ऐश्र्वया राय बच्चन र अभिषेक बच्चनले बिवाह पछि एक साथ काम गरेका प्रायः सबै फिल्महरु बक्स अफिसमा ब्यावसायीक रुपमा असफल भएका छन् । पछिल्लो समय भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार अमीताभ बच्चन र जया बच्चनले अभिनय गरेको फिल्म अभिमान को रिमेकको लागी ऐश्वर्या र अभिषेकलाई अफर आएको थियो । तर यो अफरलाई यो जोडीले सिधै ईन्कार गरेको छ । एक साथ काम गर्नको लागी आएको अफरलाई ईन्कार गरेको यो पहिलो घटना भने होईन । यस्ता धेरै अफरहरुलाई यो जोडीले ईन्कार गरीसकेको छ । तर फिल्म अभिमान लाई ईन्कार गर्नुको कारण भने अलि फरक रहेको बताईएको छ । समाचारमा उल्लेख गरे अनुसार  अभिषेक फिल्म अभिमानको रिमेक चाँहदैनन् ।
अहिले अभिषेक पनि एउटा राम्रो फिल्म को खोजीमा छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म हाउसफुल ३ ले पनि अभिषेशको करीयरमा केही गर्न सकेन । त्यसै गरी ऐश्वर्या ले पनि फिल्म ए दिल है मुस्कील पछि कुनै पनि फिल्म पाएकी छैनन् । समाचारका अनुसार यो जोडीले अब एक साथ कुनै पनि फिल्ममा काम नगर्ने घोषणा गरेका छन् । त्यस कारणले गर्दा नै एक साथ काम गर्न आएको अफरलाई ईन्कार गरेको बताईएको छ ।

Powered by Blogger.