प्रभास सँग रोमान्स गर्दै श्रद्धा कपुर !

फिल्म बाहुबली को सफलता पछि अभिनेता प्रभास को स्टारडम ह्वात्तै बढेको छ  । बाहुबली पछि अहिले बलिउडमा उनको अपकमीङ्ग फिल्म साहो निकै चर्चा मा छ । साहो चर्चामा हुनुको मुख्य कारण भने अभिनेता प्रभास नभएर फिल्मको अभिनेत्री हुन । यस फिल्ममा पहिले बाहुबलीकै अभिनेत्री अनुष्का सेट्टीलाई लिने कुरा भएको थियो तर भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार अनुष्काको मोटोपन ले गर्दा उनलाई यस फिल्मबाट निकालीएको छ । निर्माण पक्षले अनुष्कालाई मोटोपन घटाउन गरेको आग्रहलाई अनुष्काले बेवास्ता गरेपछि उनलाई निकालीएको समाचारमा उल्लेख गरीएको छ ।
पछिल्लो समय आएको समाचारका अनुसार अब अनुष्काको ठाउँमा बलिउड अभिनेत्री श्रद्धा कपुरले अभिनय गर्ने भएकी छिन् । श्रद्धाले यस फिल्ममा प्रभास सँग रोमान्स गर्ने कुराले अहिले भारतीय संचारमाध्यमहरुमा निकै चर्चा भएको छ । यस फिल्मलाई सुजीत सरकारले निर्देशन गर्दैछन् भने तिन भाषा हिन्दी,तेलुगु र तामीलमा प्रर्दशन गरीने भएको छ ।

Powered by Blogger.