प्रेम गित २ ले यस्तो ग¥यो दुई दिन को ब्यापार !

पहिलो दिन नेपाली बक्स अफिसमा आक्रामक ब्यापार गरेको चलचित्र प्रेम गित २ ले दोश्रो दिन पनि उस्तै ब्यापार गर्न सफल भएको छ । दोश्रो दिन शनिबार राजधानी लगायत देशका सम्पुर्ण चलचित्र भवनहरु हाउसफुल भएका थिए । पहिलो दिन यस चलचित्रले देशभरका ८० चलचित्र भवनहरुबाट १ करोड १३ लाख ५६ हजार ४ सय ४५ रुपैंयाँको कलेक्सन गरेको थियो भने दोश्रो दिन शनीबार पनि १ करोड ४० लाख २५ हजार ६ सय ८७ रुपैंयाँ कलेक्सन गर्न सफल भएको छ । यस चलचित्रले २ दिनमा २ करोड ४० लाख २५ हजार ६ सय ८७ रुपैंयाँको ग्रस कलेक्सन गरेको छ । यसै हिसाबले हेर्ने हो भने दुई दिनको ब्यापारबाट निर्माता सुरक्षीत भैसकेका छन् ।
सुपरहीट साँगीतीक चलचित्र प्रेम गित को सिक्वेलको रुपमा निर्माण भएको यस चलचित्रले आक्रामक प्रचार प्रचार सँगै रिलिज गरेको थियो । करिब ३ वर्ष पछि पर्दामा देखा परेका अभिनेता प्रदिप खड्काकोे क्रेज राम्रै रहेको देखीएको छ ।


Powered by Blogger.