पहिलो दिन प्रेमगीत २ को ओपनिङ आक्रामक !

आजबाट देश भरका ८० ओटा सिनेमा हलमा प्रर्दशन भएको चलचित्र प्रेमगीत २ को ब्यापार आक्रामक भएको समाचार नेप्लीउडलाई प्राप्त भएको छ । राजधानीका केही सिनेमा हलमा दर्शकले कलाकार सँगै बसेर चलचित्र हेर्ने अवसर पनि प्राप्त गरे । दर्शकहरुले यस चलचित्रबाट निकै मनोरञ्जन लिन पाएको बताईएको छ ।
आज पहिलो दिन क्यूएफएक्सको काठमाडौं र मोफसल हलहरु हाउसफूल भएको ले मुख्य मल्टिप्लेक्स सिनेमा हलले शुक्रबार १६ शो दिएको छ ।
कुमारी, गोपिकृष्ण, एफक्युब लगायतका हलमै पुगेर दर्शक सँगै बसेर चलचित्र हेरेका अभिनेता प्रदिप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता तथा निर्माता सन्तोष सेनले दर्शकको प्रतिकृयाबाट आफुहरु निकै उत्साहीत भएको बताएका छन् ।
करिब २ वर्ष पछि सिनेमाको पर्दामा आएका अभिनेता प्रदिप खड्काको क्रेज आज राम्रै देखीएको बताईएको छ । काठमान्डौं बाहीरको ब्यापारले आफुलाई सुखद महसुस गराएको वितरक मनोज राठीले बताएका छन् ।
रामशरण पाठकले निर्देशन गरेको यस चलचित्रले एक बर्मेली युवती र नेपाली युवाबीचको प्रेम सम्बन्धबाट उत्पन्न हुने द्धन्द्धको कथा पेश गरेको छ । नेपाल, म्यानमार र थाइल्यान्डमा छायांकन गरिएको चलचित्रलाई आशुसेन फिल्मसले निर्माण गरेको छ ।

Powered by Blogger.