प्रेमगीत २ को आक्रामक अग्रीम टिकट बुकिङ !

रोमान्टिक एवं एक्सन ड्रामा भएको चलचित्र प्रेमगीत २ को आक्रामक रुपमा अग्रीम टिकट बुकिङ भएको समाचार प्राप्त भएको छ । बुकिङ खुल्ला भएको पहिलो दिन मल्टिप्लेक्समा सिनेमा हलमा ६० प्रतिशत भन्दा माथि अकुपाइड गरेको र दोस्रो दिन विहिबार ९० प्रतिशत बुकिङ भएको समाचारमा उल्लेख गरीएको छ । चलचित्रलाई मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंका आउलेटमा मात्र १४ शो उपलब्ध गराएको छ भने पोखरामा पाँच शो दिएको छ ।
कुमारी, जयनेपाल, सेन्ट्रल, लाबिम हलका बिहानी, रात्री र दिवा शो मा बुकिङ उच्च  छ । ‘बुकिङको यो ट्रेन्डले आक्रामक ओपनिङको संकेत गरेको बताईएको छ । क्यूएफएक्सले तीन शो थपेर शो संख्या १५ पु¥याएको छ भने बिग मूभिजले चार, एफक्युबले चार, क्यूजले चार शो दिएका छन् ।
देशभर ८० पर्दाबाट एक साथ प्रर्दशन हुने यस चलचित्रले यसअघि नै मिडियामा राम्रो हाइप कमाइसकेको छ । रामशरण पाठकले निर्देशन गरेको यस चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

Powered by Blogger.