थाईल्यान्डमा नेपाली लघु फिल्म पुरस्कृत !

थाईल्यान्डमा नेपाली लघु फिल्म पुरस्कृत भएको छ । थाईल्यान्डको थाईल्यान्ड ईन्टरनेस्नल फिल्म डेस्टिनेसन फेस्टीभलमा यस बर्ष लस्ट एण्ड फाउन्ड नेपाली फिल्मले बेस्ट आउटस्टान्डिङ प्रेजेन्टेसनको पुरस्कार जितेको छ । थाईल्यान्ड सरकारले थाईल्यान्डलाई अन्तराष्ट्रीय फिल्म छायांकनको गन्तब्य बनाउने उद्देश्यले हरेक बर्ष यस पुरस्कार कार्यक्रमको आयोजना गर्ने गरेको छ । यो वर्ष यस कार्यक्रममा नेपालका तर्फबाट २ ओटा फिल्म कलेजले भाग लिएका थिए भने अन्य १३ देश ३३ फिल्महरुले यस कार्यक्रममा भाग लिएका थिए । फिल्म सँग सम्बन्धीत स्कुल र कलेजहरुले मात्रै भाग लिन पाउने यस कार्यक्रममा नेपालबाट ओस्कार फिल्म कलेज र कान्तीपुर फिल्म एकेडेमीले ३ र १ ओटा फिल्म लिएर सहभागीता जनाएका थिए । जुलाई २७ मा बैंककमा आयोजना भएको यस कार्यक्रममा यस वर्षको उत्कृष्ठ फिल्मको पुरस्कार मेक्सीको को ईफ आई वेर ब्रेभ ले जित्न सफल भएको छ ।

Powered by Blogger.