हामी शरणार्थी भदौ ८ बाट प्रर्दशन हुँदै !

आज राजधानीमा चलचित्र हामी शरणार्थी युनिटले एक कार्यक्रमको आयोजना गरी चलचित्रको विषयमा संचारकर्मीहरुलाई जानकारी गराएको छ । चलचित्रको विषयमा बोल्दै लेखक तथा निर्देशक विजय केरुङ्गले आज भन्दा करिब २ सय वर्ष पहिले देखी भुटानमा बस्दै आएका नेपाली भाषीहरुलाई त्यहाँको जातीय आन्दोलनले कसरी विस्थापीत ग¥यो,भुटानमा जातीय आन्दोलनको बिउ कसरी रोपीयो र त्यहाँबाट बिस्थापीत भएर नेपालमा शरणार्थी भएर बसेका सरणर्थीहरुको पिडा के कस्तो छ भन्ने छर्लंग देखाएको बताए । त्यसै गरी चलचित्रका कलाकारहरुले पनि आफुले यस चलचित्रमा निकै मेहेनत गरेर काम गरेको बताए । चलचित्र भित्र समाबेस गरीएको गित संगीतको विषयमा संगीतकारले पनि आफ्नो गित संगीतले पनि सरणर्थी जिवन बिताईरहेकाहरुको दुख र पिडा लाई उजागर गरेको बताए ।
चलचित्रमा सिल्पा पोख्रेल,जिवन भट्टराई,बालदिप राई,बिक्रम श्रेष्ठ,प्रतिमा रसाईली लगायत कलाकारले अभिनय गरेका छन्  भने सौरभ लामाको छायांकन,हिमाल केसीको एक्सन,उत्तम जंग लिम्बुको संगीत रहेको छ, त्यसै गरी कृष्ण पोख्रेल,अर्जुन पोख्रेल,प्रकास सिवाकोटी र प्रकास भण्डारी निर्माता रहेका छन् । भदौ ८ गतेबाट देशभरका सिनेमाहलहरुमा प्रर्दशन हुँदै छ ।

Powered by Blogger.