( डिठ्ठा साब ) को छायांकन अष्ट्रेलीया मा !

कान्तीपुर टेलीभिजनबाट प्रशारण भैरहेको टेली चलचित्र डिठ्ठा साब को छायांकन अहिले अष्ट्रेलीयाको बिभिन्न शहरहरुमा धमाधम भैरहेको समाचार प्राप्त भएको छ । किशोर भण्डारी (डिठ्ठा साब ) को निर्देशन रहेको यस टेलीचलचित्रको अष्ट्रेलीयामा भने हुक्के माईलाको भुमीका निर्वाह गरीरहेका करण श्रेष्ठ को मात्रै छायांकन भैरहेको छ । श्रेष्ठ ले अष्ट्रेलीयाबाट नेप्लीउडलाई बताए अनुसार अष्ट्रेलीयाको पार्ट मनोज अधिकारीले निर्देशक गरीरहेका छन् । कथाको माग नै यताको भएकाले म यहाँ आएको हुँ, अब धेरै मा एक हप्ता भित्र यहाँको काम सकेर नेपाल फर्कीन्छु, श्रेष्ठ ले थपे ।
पछिल्लो समय बिदेशमा गएर नेपाली चलचित्र,टेलीचलचित्र तथा म्युजीक भिडियोहरु को छायांकन बिदेशमा गर्ने प्रचलन बढ्दै गैरहेको छ । यो नेपाली चलचित्र क्षेत्रकोलागी सुखद कुरा पनि हो ।
यस टेलीचलचित्रमा श्रेष्ठका अलावा रेश्मा तिमल्सेना,किशोर भण्डारी,यसोदा तिमल्सीना,राजु कमेडी,संजय लामा,रेशम बुढाथोकी र बाल कलाकार लक्की भण्डारी लगायत कलाकारले अभिनय गरेका छन् । तर अहिले अष्ट्रेलीयामा भने करण श्रेष्ठ सँगै बिनोद पौडेल,युबराज भट्टराई,साईलु आचार्य,बिनोद जिसि,राजेश सुबेदी,ससांक बस्याल, कामना गिरि लगायतले अभिनय गरीरहेका छन् भने उताको छायांकन श्री पराजुली ले गरीरहेका छन् ।




Powered by Blogger.