पुरा गरेन दर्शकको अपेक्षा ! सेन्सरको पनि धज्जी उडायो धनपतीले !


आज सुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र धनपतीले दर्शक निरास पारेको समाचार प्राप्त भएको छ । नेपाली चलचित्रका दर्शकले निकै आषा गरेको यो चलचित्र हेरेर फर्केका दर्शकहरुको प्रतिकृयालाई साभार गरेर भन्ने हो भने, निर्देशक दिपेन्द्र के खनाल र अभिनेता खगेन्द्र लामीछाने बाट जती अपेक्षा दर्शकले गरेका थिए त्यसको २५ प्रतिशत पनि पुरा गर्न सकेका छैनन् । तर बितरक गोपाल काजी कायस्थले नेप्लीउडलाई बताए अनुसार राजधानीका मल्टीप्लेक्स हलहरुमा  राम्रै ब्यापार गरीरहेको र सिंगल थिएटरमा भने अत्यन्तै निरासा जनक ब्यापार रहेको छ ।  निकै सुस्त गतीमा अगाडी बडेको यो चलचित्रमा खगेन्द्र लामीछानेको एकै किसिमको अभिनयले गर्दा पनि दर्शक तान्न नसकेको बताईएको छ । त्यसो त चलचित्रले एक ठाँउमा नेपालको कानुनको पनि राम्रै सँग धज्जी उडाएको छ । नेपालको प्रचलित कानुन बमोजीम नेपाली रुपैंयालाई च्यात्न र आगो लगाउन त के पैसामा केरमेट गर्न र हस्ताक्षर गर्न पनि पाईदैन । तर हिंजो बिहिबार राजधानीको कुमारी सिनेमा हलमा गरीएको प्रिमियर शो मा भने हजार हजार को नेपाली नोटमा स्पस्ट देखीने गरी आगो लगाईएको छ । यसै विषयमा नेप्लीउड डटकमले सेन्सर बोर्डका अध्यक्ष सँग कुरा गर्दा सेन्सरले उक्त शर्ट काट्न लगाएको बताएका छन् । उनले थपे हामी अनुगमन गछौं यदि त्यस्तो भेटीएमा कानुन बमोजीब कार्वाही प्रकृयामा अगाडी बड्ने बताएका छन् । त्यसो त एक थरी चलचित्र कर्मीहरु हिंजो प्रिमियर गरीएको फाईलमात्रै त्यस्तो भएको हुन सक्ने बताएका छन् । चलचित्रको प्रचार प्रसारलाई तिब्र बनाउनको लागी त्यस्तो गरेको हुन सक्ने अड्कल काटीएको छ ।

Powered by Blogger.