आयो ब्लाईन्ड रक्स को फस्र्ट लुक,युके मा गरीदै रेड कार्पेट प्रिमियर !

आगामी पुष २८ गते लाई रिलिज मिती तोकेको चलचित्र ब्लाईन्ड रक्स ले फस्र्ट लुक सार्वजनीक गरेको छ । सार्वजनीक भएको यस चलचित्रको २ ओटा पोस्टरमा अभिनेत्री बेनीषा हमाल लाई मात्रै देखाईएको छ । मिलन चाम्सद्धारा निर्देशीत यस चलचित्रको अगष्ट ५ मा युके मा रेड कार्पेट प्रिमियर गरीने पनि भएको छ । हमालका अलावा यस चलचित्रमा अर्पण थापा,गौरी मल्ल,अनिल शाह लगायत कलाकारले अभिनय गरेका छन् । तारा प्रकास लिम्बु,हरि लाम्साल र कल्याण शिंहको संगीत, यम थापा र सुमन उप्रेतीको लेखन र नवराज कृष्ण थापाको छायांकन रहेको छ भने निकेस लिम्बु यसका निर्माता हुन् ।


Powered by Blogger.