फिल्म निर्माणमा होमीदै जिग्री र पांडे !

नेपाल टेलीभिजनबाट प्रसारण भैरहेको हाँस्य टेलीश्रृंखला भद्रगोलका मुख्य कलाकार जिग्री को नामले परिचित कुमार कट्टेल र पांडे को नामले परिचित अर्जुन घिमिरे ले संयुक्त रुपमा फिल्म निर्माण गर्ने भएका छन् । गत सुक्रबार राजधानीमा आयोजना गरीएको एक कार्यक्रममा यो जोडीले फिल्म निर्माण गर्ने बताएको छ । उक्त फिल्मको छायांकन यसै बर्ष हुने पनि उनिहरुले बताएका छन् । यो जोडीका अनुसार यहि साउन ३० गते औपचारीक कार्यक्रम गरेर निर्माणको घोषणा गरीने छ । सिनेबजारमा गरीएको चर्चा अनुसार यो चलचित्रको निर्देशक निश्चल बस्नेत हुनेछन् ।

Powered by Blogger.