लागु पदार्थमा समातीए कलाकार डिबि बोम्जन !

हिंजो दरबारमार्गको एउटा डान्सबारमा अचम्मको दृश्य देखीयो । जहाँ कलाकार डिबि बम्जन र उनका सहयोगी शिशिर जय खरेल प्रहरीको फन्दामा परेका थिए । बार डान्सरको भुमीकामा पुगेकी महिला प्रहरीले यि दुई कलाकारलाई लागु औषध कारोबार गर्दा गर्दै रंगेहात पक्राउन गर्न सफल भएकी थिईन् ।
माथी उल्लेखीत यो सबै घटना वास्तवीक नभएर म त काले बोल रहेको यउटा गितको म्युजीक भिडियोको छायांकनको क्रममा भएको थियो । आसुसेन लामा को स्वर रहेको यस गितमा शब्द र संगीत राजेन्द्र भट्टको रहेको छ भने यस गितको भिडियोलाई बिवर पोख्रेलले निर्देशन गरेका छन् भने त्यसैगरी निरज कंडेलले सिनेम्याटोग्राफी गरेका छन् ।
सुमीत्रा सुबेदीको निर्माण रहेको यस लोकपप शैलीको गितमा अनुराग ठकुरी र अर्जुन भुसालले कोरीयोग्राफी गरेका छन् । डिबि बम्जन,शिशिर जय खरेल,सुकुमायाँ तामाङ्ग र प्रियंका अधिकारीले अभिनय गरेको यो भिडियो चाँडैनै युटुब मार्फत सार्वजनीक हुने निर्माण पक्षले जानकारी गराएको छ ।



Powered by Blogger.